General News

हैटले स्वस्तिमालाई कोकाकोला फिगर भनेर जिस्क्याएपछि…

काठमाडौं । नेपाली चलचित्र ‘जय भोली’ यही दशैंको फूलपातीको दिनमा रिलिज हुँदैछ । अभिनेता अशोक शर्माले निर्माण गरेको यस चलचित्रको कथा अभिनेता तथा लेखक खगेन्द्र लामीछानेले लेखेका हुन्।

चलचित्र जय भोलेमा बुद्धी तामाङ्ग, खगेन्द्र लामीछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराम पौडेल, अशोक शर्मा लगायत कलाकारले अभिनय गरेका छन् । धेरैले यस चलचित्रलाई कलाकारको जम्बो टोली भएको चलचित्र भनिरहेका छन्।

स्वस्तिमा भने परिचित कलाकारहरु धेरै भएको हुनाले त्यस्तो देखिएको बताउँछिन् । यस चलचित्रमा धेरै लोकप्रिय कलाकारहरु छन् । ती कलाकारहरुसंग अभिनय गर्दा आफू छायाँमा परिन्छ भन्ने लाग्दैन । उनलाई राम्रा कलाकारहरुसंग काम गर्न पाउँदा आफूले पनि केही सिक्न सकिन्छ भन्ने लाग्छ । चलचित्रमा आफू मात्र चिनिएर खेल्दा त्यो चलचित्रले केही सिकाएन भने स्वस्तिमालाई आफ्नो लागि त्यो चलचित्र सही लाग्दैन।

चलचित्र जय भोलेमा काम गर्दा सबै कलाकारहरु परिचित र मिलनसार भएका कारण काम गर्न निकै सजिलो भएको बुद्धि तामाङ्ग ‘हैट’ बताउँछन् । चलचित्रमा उनी ब्रुस लीको फ्यानको रुपमा देखिएका छन् । त्यसैले यसपाली आफूले एक्सन पनि देखाएको बुद्धि बताउँछन् । चलचित्र छक्का पन्जासंग जय भोले जुध्ने डर भएको बताउने बुद्धि अहिले छक्का पन्जा र जय भोले रिलिजको दिन छुट्टा छुट्टै परेपछि पहिले भन्दा बढी उत्साहित छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *