General News

पशुपतिमा नेपाली युवतीहरुबाट लुटिए भारतीय तिर्थयात्री

असोज २९ – चार जना नेपाली युवतीहरुबाट भारतीय तीर्थयात्रीहरु लुटिएका छन् । भारतीय तीर्थयात्री प्रमोद कुमार गुप्ता लगायत तीन जनालाई पशुपतिबाट राम्रो होटलमा लगिदिने भन्दै राजधानीको नयाँबसपार्कमा रहेको स्टार नाइट क्लवमा लगेर लुटपाट गरेका थिए । लुटपाटमा संलग्न युवतीहरुलाई प्रहरीले प्रक्राउसमेत गरेको छ ।

प्रक्राउ पर्नेहरुमा सिन्धुलीकी निर्मला तामाङ, उदयपुरकी रुपा राई, सर्लाहीकी रोशनी तामाङ र स्वस्तीका तामाङसहित संखुवासभाका ओम राई ओखलढुङगाका मेघबहादुर महरा, र नुवाकोटका विनोद अर्याललाई महानगरीय प्रहरी बृत्त महाराजगन्जले जनाएको छ । उनीहरुले भारती तीर्थयात्रीबाट १३ हजार ५ सय भारु लुटेको थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *