General News

११ केजी सालकको खपटा र चाँदीको गहनासहित एक जना पक्राउ

पाँचथर –इलाका प्रहरी कार्यालय अमरपुरको गस्ती टोलीले ११ केजी सालकको खपटा र चाँदीको गहनासहित एक जनालाई शुक्रबार पक्राउ गरेको छ ।

मेची राजमार्ग अन्तर्गतको हिलिहाङ गाउपालिका–२ मा गाडी चेक गर्ने क्रममा सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे १ ज १४३९ नम्बरको बोलेरो जीपबाट लुकिछिपी ल्याउंदै गर्दा ५३ वर्षीय फुपुठी शेर्पा पक्राउ परेका हुन् ।

पक्राउ परेका शेर्पाको साथबाट २ थान मोबाइल सेट र १२ हजार नगद पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो । पक्राउ परेका शेर्पामाथि थप अनुसन्धान भैरहेको पाँचथर प्रहरीले जनाएको छ ।

उपेन्द्र येक्तेन /Ujyaalo online

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *