General News

‘भाइरल ब्वाई’ अशोकको चर्चाबारे बिबाद : टंक र रुपेश माथि किशोर र बिबेकले लगाए यस्तो आरोप

ईटहरी- युट्युबबाट बाल गायकको रुपमा भाईरल भएका अशोक दर्जीको गीत यतिबेला देशबिदेशका नेपाली माझ लोकप्रिय बनिरहेको छ । अशोकले गाएको गीत ुमन बिनाको धनु ले सार्बजनिकको ६ दिनमै नेपालि युट्युब ईतिहासको सम्पुर्ण रेकर्डलाई आफ्नो पोल्टोमा हाल्न सफल भयो । यता उनलाई भाईरल बनाउन र उनको सहयोगमा जुट्ने दुई पत्रकारहरु किशोर श्रेष्ठ र बिबेक हिङ्गमाङ्ग भने असन्तुष्ट बनेका छन् । उनीहरु आफ्नो कुरा पहिलो पटक अन्तरबार्तामा सुनाउदै भाबुक समेत बने ।

उनीहरुले टंक बुढाथोकी र डिजे रुपेशले केहि अन्तरबार्तामा भनेका भनाईहरुमाथि आपत्ति जनाएका हुन् । अशोकलाई एउटा गीत रेकर्ड गराउने व्यक्ति देशबिदेशमा हाई हाई हुने तर आफुहरुले त्यत्रो सहयोग गरेको कुराहरुलाई टंक र रुपेशले कतै नभन्दा आफूहरु ओझेलमा परेको किशोर र बिबेक बताउछन । आफुहरुले नै अशोकलाई यहा सम्म ल्याएका जस्ता अभिव्यक्तिले आफ्नो साथ र सहयोगले न्याय नपाएको गुनाशो उनीहरुको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *