General News

मकालु एयर दुर्घटनामा ज्यान गुमाएका पाइलट छोराको शव लिएर बाबु आँफै काठमाडौँ उडे, देखियो निकै भावविह्वल दृश्य

काठमाडौँ । बुधबार बिहान दुर्घटनाग्रस्त बनेको मकालु एयरका मृतक पाइलटद्धयको शव काठमाडौं ल्याइ पुर्‍याइएको छ । सिंगल इन्जिनयुक्त जहाज दुर्घटनामा मृत्यु भएका चालक दलका सदस्यको शव अपराह्न्न काठमाडौँ ल्याई पुर्याईएको हो । शव सिम्रिक एयरको हेलिकोप्टरले काठमाडौं ल्याएको हो ।

स्रोतका अनुसार सिम्रिक एयरका सुर्खेत प्रतिनिधि कमल गौतमका अनुसार हेलिकोप्टरमा सहचालक आदित्य नेपालीका बुवा एवं एयरलाइन्सका मालिक फिजुनाथ नेपाली पनि सँगै गएका थिए ।

आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेतबाट कार्गो सामान लिएर सिमीकोट उडेको मकालु एयरको एजेयू–नाइन–एन सिमकोटदेखि १०।७ नटिकल माइल दक्षिण–पश्चिम थार्पुनाथ गाउँपालिकाको बाहुनचौरमा दुर्घटना भएको हो ।

घटनास्थल समुद्री सतहदेखि १२,८०० फिट उचाईमा रहेका कारण घटनास्थलबाट माउन्टेन एयरको हेलिकोप्टरले शव सुर्खेत ल्याएर अनि सिम्रिक एयरबाट काठमाडौँ ल्याइएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *