Health & Living

दैनिक म:म खानु शरीरका लागि खतरनाक, भेटियो यस्तो रोग !

काठमाडौं – नेपालीहरुले पैसा, स्वाद र सन्तुष्टिका हिसावले कुनै एक उत्कृष्ट खाजाको नाम लिन लगाए उनिहरुको मुखबाट म.म. आउने गरेको छ । बजारमा पाइने धेरै प्रकारका परिकारहरु मैदाबाट बनेको पाउँछौं । डाक्टरहरुका अनुसार त्यस्ता परिकारहरु खाँदा अनावश्यक तौल बढ्ने हुन्छ । साथै हड्डी पनि खिइन्छ । दैनिक मैदाबाट बनेको मम खानु शरीरका लागि खतरनाक हुन्छ ।

म:म: होस् वा अन्य मैदाबाट बनेको खानेकुराको साइड इफेक्ट हुन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ । मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ ।

ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटु सम्बन्धि रोग लाग्ने गर्छ । ममको अत्याधिक सेवनले कब्जियतको समस्या हुन्छ । यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ । जुन मानिस नियमित रुपमा मैदाबाट बनेको मम वा अन्य खानेकुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । मैदा बनाउँदा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ । जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् ।

म.म. नेपालमा २०२० सालदेखी नै खान थालिएको अनौपचारिक तथ्याङक छ । तिब्बती खाना म.म. नेपालमा व्यापारका लागी तिब्बत जाने काठमाडौंका नेवारी समुदायले भित्राएको अनुमान छ । तिब्बतमा मोहोमोका नामबाट परिचित स्वादिष्ट खाना नेपालमा खासगरि तिब्बतसँग व्यापारीक सम्बन्ध जोडिएका नेवारी समुदायले खानाको रुपमा भित्राएको बसन्तपूरका ६९ बर्षिय कडककाजु ब्रजाचार्य बताउँछन । तर म.म.ले नेपाल भित्रिएको थोरै समयमै निकै फडको मारेको छ ।

म.म. रहर मात्रै नभएर बाध्याताको खाना जस्तै बनेको छ । पहिले सिमित ठाँउमा म.म. पसलहरु हुने भएतापनि अहिले चोकचोक र गल्ली गल्लीमा म.म. पसल खुलेका छन। अझै रत्नपार्क, गोंगबु, चावहिल, सोह्रखुट्टे लगायतमा त २४ सै घण्टा म.म. बेच्ने ठेला चल्छन । छिटो खान सकिने, खानाका लागी साथी नचाहिने (वान कोर्स मिल) स्वादिलो, आडिलो, (होल मिल, अर्थात दालभातकै काम गर्ने) भएकै कारण म.म. सबैको प्रिय खाजा बनेको म.म. पारखीहरु बताउँछन् ।

मैदाको सेवनले स्वास्थ्यमा ल्याउने समस्या

मैदा अर्थात् रिफाइन्ड आँटा स्वास्थ्यका दृष्टिकोणले खानयोग्य मानिँदैन । यदि तपाईं पनि दैनिक रुपमा मैदाबाट बनेका खानेकुरा सेवन गर्नुहुन्छ भने बुझ्नुहोस्, तपाईं रोगलाई निमन्त्रणा गर्दै हुनुहुन्छ । किनकि, मैदाको सेवनले शरीरमा विभिन्न प्रकारका असर पुर्‍याउने गर्छ, जुन समयको उत्तरार्द्धमा शरीरमा देखा पर्न थाल्छ ।

मैदाको प्रयोग विशेषगरी समोसा, कचौरी, मःम, चाउमिन बनाउन प्रयोग गरिन्छ । यी मैदा गहुँको पिठोझैं आटाबाटै बन्ने गर्छ । त्यसका लागि सबैभन्दा पहिले गहुँलाई राम्ररी सफा गरिन्छ र यसको माथिल्लो भागलाई पूर्ण तरिकाले हटाइन्छ ।

त्यसपछि उक्त पिठोलाई बेन्जोल पेरोक्साइडद्वारा ब्लिच गरिन्छ, जसले गर्दा पिठोको रङ पूरै सेतो हुन्छ । त्यसपछि यसलाई पिसेर पूरै मसिनो बनाइन्छ । त्यसमा भएको फाइबरलाई समेत बाहिर निकालिन्छ, जसले गर्दा मैदा हानिकारक बन्न पुग्छ । स्मरण रहोस्, बेन्जोल पेरोक्साइडले क्यान्सर गराउने भएकाले चीन र युरोपमा यसको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

मैदाले स्वास्थ्यमा पुर्‍याउने असर

प्रतिरोधात्मक क्षमता कम गर्छ । मैदाबाट बनेका खानेकुराको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । शरीरमा रोग लाग्ने सम्भावना बढेर जान्छ । मैदाबाट बनेका परिकारको सेवनले बारम्बार रोग लाग्न सक्छ । मुटु रोग र बाथ रोग बढाउँछ । मैदाबाट बनेका खानेकुराको सेवनले रगतमा ब्लड सुगरको मात्रा बढ्न थाल्छ, जसले गर्दा रगतमा ग्लुकोज जम्मा हुनथाल्छ । त्यसका कारण रसायन प्रतिक्रिया उत्पन्न भई बाथ र मुटु रोगको जोखिम बढ्छ ।

पेटका लागि हानिकारक हुन्छ । पेटमा हानी पुर्‍याउने खानेकुरामा मैदा सबैभन्दा अग्रपंक्तिमा आउँछ । यसमा फाइबर रत्तिभर पनि नहुने हुँदा कब्जियतको समस्या निम्त्याउँछ ।मधुमेहको समस्या ल्याउँछ । मैदाको सेवनले रगतमा ब्लड सुगरको मात्रा तुरुन्तै बढ्ने गर्छ । यसमा ग्लाइसेमिक इन्डेक्स अधिक हुने गर्छ, जसले गर्दा मधुमेहको खतरा बढ्छ । तपाईं पनि मधुमेहबाट बच्न चाहनुहुन्छ भने मैदाको प्रयोग सकेसम्म कम गर्नु नै फाइदाजनक छ ।

मोटोपना बढाउँछ । मैदाबाट बनेका खानेकुराको अधिक सेवनले तौल बढ्ने समस्या अधिक हुन्छ । मैदाको अधिक प्रयोगले रगतमा कोलेस्टेरोल बढ्नुुका साथै ट्राइग्लिसराइडको तह पनि उच्च हुन्छ । हड्डी कमजोर बनाउँछ । मैदा बनाउँदा प्रोटिन पूर्ण नष्ट हुँदा मैदा एसिडिक बन्न पुग्छ । त्यसले हड्डीमा भएको क्याल्सियम सोस्छ र हड्डीलाई कमजोर बनाउँछ ।

मैदामा अधिक मात्रामा ग्लुटन पाइन्छ, जसले मैदालाई लचिलो बनाउँछ । जबकि, कैयौं मानिसलाई ग्लुटनका कारण फुड एलर्जीको समस्या हुने गर्छ । जबकि, यसको ठीकविपरीत गहुँमा प्रोटिन र फाइबर ज्यादा मात्रामा पाइन्छ ।

म:म दैनिक खानु शरीरका लागि खतरनाक

म:म बनाउन मैदाको प्रयोग गरिन्छ । मैदाबाट बनेको म:म दैनिक खानु शरीरका लागि खतरनाक हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । हिजोआज हरेक गाउँदेखि सहरका गल्लीमा सहजै उपलब्ध हुने मम स्वास्थ्यका लागि हानिकारक हुन्छ । मम होस् वा अन्य मैदाबाट बनेको अन्य खानेकुराको साइड इफेक्ट हुन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ ।

मम वा मैदाबाट बनेका खानेकुरा खाँदा हुने नकारात्मक असरहरु :

१. मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ ।

२. ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटु सम्बन्धि रोग लाग्ने गर्छ ।

३. ममको अत्याधिक सेवनले कब्जियतको समस्या हुन्छ । यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ ।

४. जुन मानिस नियमित रुपमा मैदाबाट बनेको मम वा अन्य खानेकुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ ।

५. मैदा बनाउँदा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ । जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् ।

यी हुन् थरीथरी मम

डल्लो मम
यो परम्परागत र सदाबहार मम हो । मैदाको पिठोमा किमा राखेर बफ्याएर बनाइने यो मम देशका हरेक कुनामा पाइन्छ । हरेक होटेल, रेस्टुराँले प्रयोग गर्ने मसला र अचारका आधारमा यसको स्वादमा केही फरकपन हुनु स्वाभाविक हो । हार्टनले सुरुआती दिनदेखि अहिलेसम्म पनि यो मम पस्कँदै आएको छ ।

टिबेटियन मम
लाम्चो आकारमा पाइने यो मम प्रायः होटेल, क्याफे, रेस्टुराँमा पाइन्छ । आम रूपमा खाइने मममध्ये यो पनि पर्छ । टिबेटको शैलीमा बनाइने यो मम बुट्टेदार हुन्छ । यो पनि स्टिम गरेर नै तयार पारिन्छ, जुन बजारमा जहाँतहीँ पाइन्छ ।

ओपन मम
झट्ट हेर्दा फूलजस्तै देखिने ओपन मम आँखाका लागि पनि आकर्षक हुन्छ । यसको बाहिरबाटै किमाको केही भाग देखिन्छ । ओपन ममलाई हरियो खुर्सानी, बदाम र मम अचारसँग पस्किइने हुँदा यसमा स्वाद अझ थपिएको अनुभव हुन्छ । यस खाले मम पछिल्लो समय प्रचलनमा छ ।

पिज्जा मम
हार्टन क्याफेले आफैं फ्युजन गरेर बनाएको हो पिज्जा मम । स्टिम गरेको मममा पिज्जाको सस राखेर त्यसमाथिबाट चिज थपेर ओभनमा बेक गरिन्छ । यसरी तयार पारेको मममा पिज्जा र ममको ‘ककटेल’ स्वाद पाउन सकिन्छ ।

छोयला मम
स्टिम ममलाई छोयलाको ससमा पस्कने गरिए पनि हार्टनले काँचो मम तयार भएपछि त्यसलाई तन्दुरी भट्टीमा राम्ररी सेकाएर त्यसमा स्मोकी टेस्ट आउने गरी छोयलाजस्तै मोलेर पस्कने गरेको छ, जसको स्वाद छोयलाजस्तै हुने गर्छ ।

घी मम
शुद्ध घिउमा मोलेर तयार पारिएको मम घी मम हो । यो घिउमा मोलेर स्टिम गरिन्छ । घी मम खाँदा वासनादार र स्वादिलोमात्रै नभई स्वास्थ्यका लागि पनि लाभकारी मानिन्छ ।

 

गोलो मम
स्टिम गरेर बनाइएको गोलो मम बाँसको चोयाले बनाइएको बास्केटमा राखेर अचारसँगै हटससका साथ सर्भ गरिन्छ । यो सदाबहार मम नै हो । पस्कने र मसलाको स्वादमा फरक परे पनि यस्तै खाले मम आम रूपमा पाइन्छ ।

चंगा मम
बाजेको सेकुवामा पाइने चंगा मम तीन कुना परेको बुट्टेदार शैलीमा बनाइएको हुन्छ । मसलामा बटर स्वाद पाइने यो मममा साल्ट पेपर र बटर प्रयोग गरिएको हुन्छ ।

सी मम
सामान्य ममलाई अलि स्पाइसी र ग्रेभी बनाएर सी मम पस्किइन्छ । मसालेदार खाना रुचाउनेलाई यो मम निकै मन पर्छ ।

झानेको मम
तीनचोसे आर्थात् चंगा ममलाई हिट गरेको सिजलर डिसमा राखेर त्यसमाथि किमाबाट बनाइएको सस खन्याएपछि यसमा धुवाँ आउँछ । वासनादार तात्तातो झानेको मम पछिल्लो दिनमा रुचाउनेको संख्या बढेको छ ।

सुप मम
सामान्य ममसँग सुप पनि उपलब्ध गराइने मम सुप मम हो । यस्तो ममसँग एउटा छुट्टै बल वा कचौरामा किमाबाटै बनाइएको सुप पनि दिइन्छ । जाडो सिजनका लागि सुप मम निकै लाभकारी मानिएको छ । सुप किमा र हड्डी जेसुकैबाट बनाउन सकिन्छ ।

झोल मम
त्यही ममलाई टमाटरको अचारमा झोल बनाएर त्यसमा डुबाइन्छ । धनियाँ, गाँजर आदि मसिनो पारेर त्यसमा छर्किएपछि यसको स्वाद अझ उत्तम हुन्छ । बाजेको सेकुवामा यो छोप्न मिल्ने बलमा पस्किइने हुँदा धेरै बेरसम्म तातो भइराख्छ । यो पनि जाडोमा रुचाइएको मम हो ।

फ्राई मम
स्टिम गरेको ममलाई तेल तताएर फ्राई गरिन्छ । यसरी फ्राई गरेको मम नरम हुन्छ । कडा खालको फ्राई मम रुचाउनेका लागि तयार पारिएको काँचो ममलाई स्टिम नगरी तेलमा मज्जाले फ्राई गरेर विभिन्न सस र अचारका साथ सर्भ गरिन्छ ।

म.म. को कारोबार यसकारण बढि छ
हुनत प्रचलित नेपालका परम्परागत खाजाहरुसँगै पश्चिमा मुलुकमा प्रचलित पिज्जा बर्गर जस्ता खाजाका प्रकारहरुपनि नेपाली बजारमा भित्रिएको छन । तर म.म.को ठाँउ भने अरु कुनै खाजाले लिन सकेको छैन । पहिलेपहिले ५ प्लेट म.म. बेच्न धौंधौ हुने सामान्य पसलमा पनि अहिले २० केजी भन्दा बढिको म.म. बिक्री हुने गरेको छ ।

पहिले पहिले जाँडो याममा शरिर तताउनकै लागी तात्तातो सुपसँग म.म. खाने चलन भएपनि अहिले बिभिन्न स्वादका अचारसहित हरेक सिजनमा म.म. उपभोक्ताको उक्तिकै रोजाईमा छ ।

अनौपचारिक तथ्यांकअनुसार उपत्यकामा दैनिक ३ करोड बढिको म.म.को कारोबार हुने गरेको छ । अखिल नेपाल होटल तथा रेष्टुरेण्ट मजदुर संघको तथ्याङक अनुसार उपत्यकामा मात्रै २ हजार ३ सय होटल र ४ हजारभन्दाबढि रेष्टुरेण्टहरु छन ।

जसमध्ये म.म. नपाईने होटल तथा रेष्टुरेण्ट एकदम कम छन । यसबाहेक सडकपेटी र ठेलागाडामा म.म. बेच्नेहरु पनि कम छैनन । उपत्यकाका थानकोट, साँगा, फर्फिङ, ककनी नाकाबाट गरि दैनिक औसत ८ सय राँगाभैसी भित्रिने गरेका छन । जसमध्ये अधिंकाश म.म. कै लागी खपत हुने गरेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *